भारतमा मत गणना सुरू, बीजेपी गठबन्धनको अग्रता
२०७६ जेठ ९ गते

एजेन्सी । भारतीय लोकसभा चुनावको मतगणना आज बिहानबाट सुरू भएको छ । सात चरणमा सम्पन्न भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनता पार्टीको गठबन्धनले अग्रता लिएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार मतगणना सुरू ४३ सिटमध्ये बीजेपी गठबन्धन २४ वटामा अघि छ । भारतीय कंग्रेसको गठबन्धनले १४ सिट ल्याएर उसलाई पछ्याइरहेको छ । अरूले भने ५ सिटमा अग्रता लिएका छन् ।
null
बिहान सवा आठ बजेदेखी भारतीय लोकसभा चुनावको मतगणना सुरू भएको थियो । अप्रिलदेखि सुरू भएको चुनाव आइतबार सकिएको थियो । चुनाव सकिए लगत्तै भएको मत सर्वेक्षणमा यसपाली पनि भारतीय जनता पार्टीले जित्ने आकलन गरिएको थियो ।
२०७६ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








