झापाको फरक–फरक दुई ठाउँमा बम

 

जेठ १३, झपा । सोमबार झापाको फरक फरक दुई स्थानमा शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएका छन् । 

आज झापाको दमकस्थित रतुवा खोलाको पुल नजिक पूर्वपश्चिम राजमार्ग र गौरादह–१ स्थित निर्माणाधीन ट्राफिक प्रहरी कार्यालय नजिक शंकास्पद बस्तु भेटिएको हो । 

null

त्यसैगरी आज नै झापाको पूर्व पश्चिम राजमार्गको बिच सडकमा कुकरलाई बेरिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको छ । 

यी दुई झापाको फरक–फरक स्थानमा भेटिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीले अनुमान गरेका छन् । 

यस शंकास्पद वस्तु डिस्पोज गर्नको लागि सेनाको टोली पुगेको प्रहरीले जानकारी दिएका छन् । 

शंकास्पद वस्तु भेटिएपछी उक्त स्थानमा सर्वसाधारणलाई जान निषेध गरिएकाे प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *