टायर रिसोलिङ सेन्टरमा आगलागी

 

जेठ २, दोलखा । भिमेश्वर स्थित एक टायर रिसोलिङ सेन्टरमा आगलागी भएको छ । 

भिमेश्वर नगरपालिका वडा नम्बर ३ बसपार्कमा रहेको त्रिपूरा रिहाना टायर रिसोलिङ सेन्टरमा बिजुली सर्ट भएर आगलागी भएको हो । 

null

शम्भु भनेर चिनिने टुनाबहादुर खत्रीले आफ्नै घरमा सञ्चालन गरेका टायर रिसोलिङ सेन्टर पूर्ण रुपले जलेर नष्ट हुँदा झण्डैँ ७ करोड रुपैयाँ बराबरकोे क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीमा परेर खत्रीकी श्रीमती ५५ वर्षीया राधा खत्री र २५ वर्षीय छोरा राजु खत्री सामान्य घाइते भएका छन् । घाइतेको चरिकोटमा रहेको छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको छ । 

अहिले आगो नियन्त्रणमा आइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *