पत्रकारलाई कुटपिट

बैशाख २२, धनगढी । समाचार संकलनका लागि गएका एक पत्रकारलाई स्थानिय एक व्यपारीले कुटपिट गरी घाईते बनाएका छन् । 

 

धनगढीबाट संचालन हुने दिनेश एफएम र दिनेश खबरका पत्रकार जनक विष्टलाई स्थानीय व्यापारी तेजेन्द्र थापाले कुटपिट गरि घाईते बनाएका हुन् । 

null

त्रिनगर माध्यमिक विद्यालयको सटरमा व्यापार गरिरहेका व्यापारी थापाले त्यस विद्यालयको सटर भाडामा दिएको सम्बन्धमा समाचार संकलन गर्ने क्रममा पत्रकार बिष्टले विद्यालयका प्रधानाध्यापकसँग सटरका सम्बन्धमा कुरा गरीरहेकाे समयमा व्यापारी थापाले पत्रकार बिष्टमाथी एक्कासी हातपात गरेको उनी सँगै गएका पत्रकार कैलाश जोशीले बताएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *