प्रदेश–१ काे अध्यक्षमा संघीय समाजवादी फोरमको चाम्लिङ चयन

बैशाख १९, मोरङ । प्रदेश नं. १ को संघीय समाजवादी फोरम नेपालको अध्यक्षमा प्रविण चाम्लिङ चयन भएका छन्। 

 

प्रदेश–१ मा रहेको जम्मा ४ सय ६० प्रतिनिधि मध्ये ४ सय ७ जनाले मात्रै मत हालेका थिए । प्रदेश अधिवेशन आइतबारदेखि सुरु गरिएको थियो भने त्यसकाे अन्तिम मतको नतिजा आज सार्वजनिक गरिएको हो । अध्यक्ष चाम्लिङले २ सय ६ मत हासिल गरी बिजयी घोषित भएका थिए भने उनका  प्रतिद्वन्दी भूमिराज राईले १ सय ९३ मत प्राप्त गरेका थिए ।  

null

अध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा थिए। तर अन्त्यमा तदर्थ समितिका अध्यक्ष भूपेन्द्र नेम्वाङले भूराज राईलाई समर्थन गरेका थिए । नेम्वाङ गत असोजमा विराटनगरमै सम्पन्न पहिलो भेलाबाट तदर्थ समितिको अध्यक्ष पदमा चयन भएका थिए । 

त्यस समयमा नेम्बाङले प्रविन चाम्लिङलाई पराजित गर्दै बिजयी हासिल गरेका थिए । सदस्य राजकुमार यादवले जानकारी दिए अनुसार प्रदेश समितिमा ५१ सदस्य निर्वाचित भए पनि पदाधिकारीको चयन निर्वाचित सदस्यहरुको बैठकले गर्ने गर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *