प्रदेश १ को स्थायी राजधानी विराटनगरका लागि दुइ तिहाइ बढि मत, धरान इहटरी जिल्ल !

बैशाख २३, विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर हुने भएको छ । प्रदेश सभाको आजको बैठकले सर्वसम्मतबाट प्रदेशको स्थायी राजधानी विराटनगर घोषणा गरेको हो । 

दिउसो २ बजेदेखि साँझ ८ बजेसम्म बसेको प्रदेश सभाको बैठकमा विराटनगरका लागि ८६ मत खस्दा अन्य क्षेत्रका लागि शुन्य मत खसेको थियो । कुल ९३ प्रदेश सभा सदस्य रहेको प्रदेश १ को सभामा ७ जना सदस्य मतदानमा सहभागी नभएको हाम्रा विराटनगर संवाददाता किशोर विश्वकर्माले बताए । 

 

null

प्रदेश सभा सदस्यमा नेकपा एक्लैको दुई तिहाई मत रहेकोले यस अघि नै विराटनगर नै स्थायी राजधानी हुने निश्चित भइसकेको थियो । प्रदेश सभामा नेकपाका ६५ सांसद रहेका छन् । कांग्रेसका २६ जना संघिय समाजवादीका १ र लोकतान्त्रिक पार्टीको १ सदस्य रहेका छन् । 

कांग्रेसका सांसदहरुले विराटनगरका लागि छुट्टै प्रस्ताव दर्ता गरेपनि नेकपाकै दुई तिहाई पुग्ने भएपछि उसले प्रस्ताव फिर्ता लिएको थियो । प्रदेश १ को स्थायी राजधानी इटहरी, धरान र धनकुटा बनाउनुपर्ने भन्दै स्थानीय तहमा चर्को आवाज उठेपनि विराटनगरका लागि दुई तिहाई बढि सांसदले मत जाहेर गरे । 

प्रदेशको स्थायी राजधानी तय भएसँगै इटहरी र धरानका सांसदहरुको चर्को विरोध भइरहेको छ । नेकपा, नेपाली कांग्रेसका सांसदहरुले आफ्नो क्षेत्रका लागि किन मतदान गरेनन् ? भन्दै चर्को असन्तुष्ठि बढेको छ । 

 

यता प्रदेशकाे राजधानी ताेकिएसँगै प्रदेश एकको तेश्रो अधिवेशन सकिएको छ । प्रदेश एकको नामाकरण भने हुन सकेकाे छैन । प्रदेशकाे नामाकरणमा समेत ठूलाे मतभेद रहेकाे छ । खासगरी जातिय पहिचान खाेज्नेहरूले लिम्बूवान, खम्बूवान, किरात प्रदेश नामाकरण गरिनुपर्ने बताउँदै आएका छन् । भने, नेकपा, नेपाली कांग्रेस लगायत दलहरूले काेशी, बृहद विराटप्रदेश र शगरमाथा प्रदेश नामाकरण गरिनुपर्ने बताइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *