यी हुन् शक्तिशाली बन्न बालकको बलि चढाउने धामी

 

जेठ १६, काठमाडौँ । शक्तिशाली धामी बन्ने भ्रममा अढाई वर्षीय बालकको हत्या गर्ने शत्रुघन महतोलाई प्रहरीले सार्वजनिक गरेको छ । 

शक्तिशाली धामी बन्न धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय छोरा आर्यनकाे बलि चढाउनका लागि हत्या गर्ने शत्रुघनलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । प्रहरीले उनीसहित ३ जनालाई बुधबार नै नियन्त्रणमा लिएको थियो । 

null

महतोले आफनै घर आँगनमा धारिलो हतियारले क्रुरुतापूर्वक घाँटी रेटी कर्तव्य गरी मारेको प्रहरीले जानकारी दिए । शत्रुघनले हत्यापछि बालकको शव घर पछाडि कृष्णनन्दन महतोको खेतको झाडीमा फालेका थिए । 

आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा पनि भेटेका थिएनन् । 

बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । 

तन्त्र विद्या सिद्वगरी शक्तिशाली धामी बन्न बालकको बली चढाएको पाइएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । 

बालक आर्यनलाई पनि ज्वरो आउँदा शत्रुघनले नै झारफुक गर्थे । छिमेकमै रहेकाले आर्यन वैशाख २३ को अपराह्न उनीसित सजिलै गए । 

प्रहरी स्रोतका अनुसार आर्यनलाई ‘चकलेट दिन्छु’ भनेर लोभ्याएर घर लगेका शत्रुघनले त्यो बीचको समय भैंसी दुहेर नजिकै रहेको बजारमा पुर्‍याए । किराना पसलबाट २५ रुपैयाँको चकलेट किनेर ल्याए । ‘शत्रुघनले बजारमा दूध बेचेको र किराना पसलबाट चकलेट किनेको दुवै पुष्टि हुन्छ,’ अनुसन्धानमा खटिएका प्रहरीले भने । 

मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् । शत्रुघनलाई बालकको बलि चढाउन जंगवीरले नै उक्साएको हुन सक्ने प्रहरीको अनुमान छ । 

शत्रुघनको गिरफ्तारीपछि जंगवीर भने फरार छन् । 

  

यता शत्रुघनले पनि आफूले बालकको हत्या गरेको स्वीकारीसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *