राजपाको महाधिवेशन कात्तिकमा, अध्यक्ष मण्डलको व्यवस्था खारेज

 

जेठ ५, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता गरेको राष्ट्रिय जनता पार्टी (राजपा) को लगातार ४ दिनसम्म बसेको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको व्यवस्था हटाएको छ । 

राजापाको जेठ २ गतेदेखि ५ गतेसम्म बसेको बैठकले विधानको दफा ३१ (१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था राखिएकोमा त्यसलाई हटाएर एकल अध्यक्ष रहने व्यवस्था गरेको हो । योसँगै अब राजपामा सोमबारदेखि अध्यक्ष मण्डलको संयोजक अनिलकुमार झा हुनेछन् । आइतबारसम्म शरतसिंह भण्डारी संयोजक थिए । 

null

यस्तै बैठकले पार्टीको विधानको धार ३१ (१०) मा पार्टीको महाधिवेशन २ वर्षभित्र गरिनेछ भनिएकोमा समयावधि बढाएर ३ वर्षभित्र गर्ने व्यवस्था गरेको संयोजक शरतसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

पार्टी विधानअनुसार निर्वाचन आयोगले राजपालाई २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो । तर उक्त मितिमा महाधिवेशन गर्न नसकेपछि राजपाले असारसम्मको समय मागेको थियो । असारसम्म पनि महाधिवेशन नहुने भएपछि राजपा विधान संशोधन गर्ने निष्कर्षमा पुगेको हो । राजपाको महाधिवेशनको पछिल्लो मिति कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ । 

यसैगरी पार्टीको कुनै तह वा स्तरमा समितिहरु बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा आपसी सहमतिको आधारमा मात्रै गठन गर्ने प्रावधान पनि राजपा बैठकले हटाएको छ । 

बैठकले विधानको धारा ७(२) (क) मा वडा समितिका निर्वाचित सदस्य, पदाधिकारी तथा वडाबाट निर्वाचित अन्य ‘डेलिगेट्स’ हरुले सक्रिय सदस्यता लिनु पर्ने व्यवस्था नरहेकोमा अब वडा तहबाट निर्वाचित सदस्य, पदाधिकारी तथा ‘डेलिगेट्स’ हरुले निर्वाचित हुनासाथ पद तथा गोपनीयताको सपथ लिनु अघि सक्रिय सदस्यताको फारम भर्न अनिवार्य गर्ने निर्णय पनि गरेको छ । 

धारा १० (ङ) मा यस अघि कुनै पनि तल्लो तहका निर्वाचित सदस्य, पदाधिकारीहरुलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजिनामा दिनु पर्ने व्यवस्था थिएन । तर अब राजिनामा दिनु अनिवार्य गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *