धरहराको ‘राफ्ट फाउण्डेशन’ निर्माण शुरु

 

जेठ १४ , काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणबारे जानकारी लिएका छन् । निर्माणस्थल अवलोकन गर्दै उनले पुनर्निर्माण सन्तोषजनक गतिमा अघि बढेको बताए । 

प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि धेरै फाइदा स्थानीय समुदायलाई नै हुने भएकाले काममा उनीहरूको सहयोगको अपेक्षा गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उल्लेख गरे । 

null

धरहरा टावरको ‘राफ्ट फाउण्डेशन’ को पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले निर्माण तालिकाअनुसार नै काम अघि बढेको र निर्माणका क्रममा स्थानीय समुदायबाट सहयोग प्राप्त भए काम गर्न अझै सहज हुने बताए । 

फाउण्डेशनले नै धरहरा टावरको सबै भार थेग्ने भएकाले यो संरचना महत्वपूर्ण मानिन्छ । टावरको भार करिब १०० टन हुने जनाइएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *