श्रमिक दिवसमा चितवनका महिला र चालकलाई ट्राफिक प्रशिक्षण

 

बैशाख १८, चितवन । चितवनको रत्ननगरका महिलाहरु र इ–रिक्सा चालकहरुलाई बुधबार सडक सुरक्षा तथा ट्राफिक प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर रत्ननगर १३ स्थित शक्तशाली आमा समूह र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा प्रशिक्षण दिइएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक नियमका बारेमा सहजीकरण गरेका थिए । 

null

स्कुटर चलाउने महिलाहरुका कारण पनि दुर्घटना हुने गरेकाले सचेतनाका लागि प्रशिक्षण दिइएको शक्तिशाली आमा समुहकी अध्यक्ष विरन्जना घिमिरेले जानकारी दिइन् । त्यस्तै शक्तिशाली आमा समूहकै पहलमा यहाँका ४० जना इ–रिक्सा चालकहरुलाई लाईसेन्सका लागि प्रक्रिया अगाडी बढाइएको पनि घिमिरेले बताइन् । 

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विधि, प्रक्रिया अपनाएर हिँड्ने हो भने प्रहरी नै नचाहिने बताए । सडक सुरक्षाका लागि रत्ननगरले सौराहा चोक र टाँडी चोकमा आकाशे पुल निर्माण गर्न लागिएको मेयर वनले जानकारी दिए । 

शक्तीशाली आमा समुहकी अध्यक्ष विरन्जना घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष तथा नेपाल ह्याचरी संघ चितवनका अध्यक्ष ज्ञानवहादुर विसुरालले सडक सुरक्षाका लागि आमा समुहले देखाएको सक्रियताप्रति खुसी व्यक्त गर्दै सवैले ट्राफिक नियमलाई पालना गरेमा दुर्घटना धेरै हद सम्म न्युनिकरण हुने विश्वास व्यक्त गरे । 

प्रशिक्षण कार्यक्रममा करिव ५० जना महिला तथा ३० जना इ–रिक्सा चालकहरु सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *