ब्रेकिङः मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठलाई

 

बैशाख २६, काठमाडौं । मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले जितेकी छिन् । भर्खरै सम्पन्न प्रतियोगितामा २५ प्रतिष्पर्धीलाई उछिन्दै अनुष्काले यस वर्षको मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल वल्र्ड २०१८ की विजेता श्रृंखला खतिवडाले ताज पहिर्याइन् । उनले मिस इन्टेलुक्एल पनि पाइन् । 

मिस नेपाल वल्र्ड २०१९ को उपाधि जित्ने २३ वर्षिय अनुष्का श्रेष्ठ प्रतियोगितामा भाग लिनका लागि अष्ट्रेलियाको प्रतिष्ठित बैंक कमनवेल्थ बैंक अफ अष्ट्रेलियाको आकर्षक जागीर छाडेर आएकी हुन् ।  उनले वाणिज्य शाष्त्रमा स्नातक गरेकी छिन् । 

null

फाइनल राउण्डमा प्रवेश गरेका सात फाइनलिष्टबाट अनुष्का विजेता बनिन् । उनले उत्कृष्ठ ७ का रक्षा उप्रेती, रोज लामा, प्रजिता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत, मिरा कक्षपतिलाई पछि पार्दै नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्डको बाटो तय गरिन् । 

प्रतियोगितामा मिस नेपाल युनिभर्सको उपाधि प्रदिप्ता अधिकारीले हात पारिन् । उनले मिस ट्यालेन्ट र मिस एथलेटिक्सको समेत उपाधि पाइन्। मिस नेपाल अर्थको उपाधि रिया बस्नेतले हात पारिन् । उनले मिस पपुलर च्वाइसको अवार्ड समेत पाइन् । 

 

मिस नेपाल इन्टरनेशनलको ताज मिरा कक्षपति भइन् । भने, मिस नेपाल सुपरनेशनलको ताज रोज लामाले जितिन् । उनले मिस फोटोजेनिक संगै मिस ग्लोमरको पनि उपाधि हात पारिन् । मिस फ्रेण्डसिप न्यान्सी बोगटी भइन् । मिस कन्फिडेन्स निशा पाठक भइन् । 

प्रतियोगितामा मिस कन्फिडेन्स निशा पाठकले हात पार्दा मिस फ्यासिनो अनुष्का श्रेष्ठ भइन् । मिस ब्यूटी विथ अ प्रपोजको उपाधी नितिका कर्माचार्यले पाइन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *