मागहरु प्रति प्रतिष्ठान गम्भिर नभएको वीपीका इन्टर्नहरुको भनाई

 

जेठ १४, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टरहरुको आन्दोलन प्रति प्रतिष्ठान ब्यवस्थापनले चासो नदेखाएको आन्दोलनरत इन्टर्नहरुले आरोप लगाएका छन् । प्रतिष्ठानका इन्टर्न संघर्ष समितिले आज विज्ञप्ति जारी गर्दै विगत चार महिनादेखि इन्टर्न डाक्टरहरुले आफ्नो तलब वृद्धिको माग राखी पटक–पटक शान्तिपूर्ण आन्दोलन गर्दापनि प्रतिष्ठानका पदाधिकारीहरुबाट कुनै ठोस सुनुवाई र निर्णय हुन नसकेको प्रति खेद ब्यक्त गर्दै भोली बृहद् र्याली प्रर्दशन गर्ने बताएका छन् । 

पछिल्लो चरणको आन्दोलनका क्रममा डिन (परिक्षा)को संयोजकत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने सहमति उपकुलपतिबाट भए पनि कार्यान्वयनको दिशातर्फ अघि नबढेको उनीहरुको जिकिर छ । 

null

‘इन्टर्न डाक्टरहरुको तलब भत्ता, नेपाल सरकारको आठौं तहको मेडिकल अफिसरको तलबको ५० प्रतिशत बराबर कायम गर्न जोडदार माग गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरी दिइएको अल्टिमेटम गत १० गते सकिसक्दा पनि प्रतिष्ठान हाम्रा मागहरु प्रति गम्भिर देखिएको छैन ।’ विज्ञप्तिमा भनिएको छ । 

इन्टर्नहरुले पहिलो चरणको आन्दोलन स्वरूप जेठ ८ देखि १० गतेसम्म वृहत र्यालीको आयोजना गरि कालो पट्टि बाँधेर आ–आफ्नो कार्यक्षेत्रमा काम गरिरहेको बताउँदै आफुहरुले सक्दो सहमतिको पहल गर्दागर्दै पनि प्रतिष्ठान ब्यवस्थापन गम्भिर नभएको उनीहरुको ठहर गर्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको बताएका छन् । 

उनीहरुले १२ गतेबाटै आफ्ना सम्पूर्ण जिम्बेवारीहरु छोडी उपकुलपतिको कार्यालय अगाडी धर्ना दिने कार्यक्रम गरिरहेपनि कुनै सुनुवाई नभएको बताएका छन् । धर्ना कार्यक्रमको तेस्रो दिन बितिसक्दा पनि आफुहरुको मागलाई बेवास्ता गरेको उनिहरुको भनाई छ । इन्टर्नहरुले भोली बिहिबार बिहान ८ बजे शान्तिपुर्ण र्याली निकाल्ने भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *