व्यावसायी तथा पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार राणाको निधन

 

जेठ १७, काठमाडौँ । पर्यटन व्यवसायी प्रभाकर शमशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ । 

नेपालमा होटल तथा पर्यटन व्यवसायका अगुवा प्रभावकर शमशेर राणाको न्युयोर्कस्थित आराम तथा उपचार केन्द्रमा बिहीबार निधन भएको हो । 

null

व्यवसायी राणा विगत एक वर्षदेखि अस्वस्थ थिए । उनलाई ढाडको समस्या थियो । त्यसको शल्यक्रियाका क्रममा उनी झन् थला परेका थिए । केही महिनाअघि उनलाई ‘हार्टअट्याक’ भएको थियो। उनी न्यूयोर्कमा नै बसेर उपचार गराइरहेका थिए । 

राणा नेपालको पहिलो अन्तराष्ट्रिय स्तरको सोल्टी होटलका संस्थापक, अध्यक्ष समेत हुन् । जुद्ध समशेर वंशका राणा जनरल नर समशेर राणाका पुत्र थिए । दिवंगत राणा व्यावसायी तथा पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार समेत थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *