सिन्धुली पुगेर वरिष्ठ नेता पौडेलले भने–प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक

 

बैशाख २५, सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्ति अलोकतान्त्रिक भएको बताएका छन् । 

बुधबार सिन्धुलीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । 

null

पत्रकारसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति अलोकतान्त्रिक, अहंकार र उन्मादले ग्रस्त छ । उनले संसदको मर्यादामाथि पटक पटक प्रहार गरेका छन् ।’ 

मंगलबार सरकारले पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘संसदमा उठेका आक्रोश, कुन्ठा र निम्छरा प्रश्नलाई छोडेर अन्य प्रश्नको जवाफ दिन्छु’ भनेपछि कांग्रेसले यसको विरोध गरेको थियो । कांग्रेसका विरोधकाबीच पनि हिजाे संसदबाट ०७६/०७७ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो । 

यस्तै पौडेलले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक मानसिकताले आर्थिक र सामाजिक अराजकता बढेको बताए । संविधानको मर्ममाथि सरकारले प्रहार गरेको उनको आरोप छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *