हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या १९ पुग्यो

 

जेठ १४, काठमाडौं । हिमाल आरोहणको यो सिजनमा १९ आरोहीको मृत्यु भएको छ । 

यसअघि सगरमाथामा १०, मकालुमा ४ र कञ्जनजंघामा ३ जनाको मृत्यु भएको थियो । पछिल्लाे समय अन्नपूर्ण हिमाल आरोहणका क्रममा घाइते भएका मलेसियाका आरोही वुई किन चिन र फुजुङ भोटे शेर्पाको मृत्यु भएपछि मृतककाे संख्या १९ पुगेकाे हाे ।  

null

किन चिनको नेपालबाट आफ्नै देशमा गएपछि मृत्यु भएको थियो भने चीनतर्फबाट सगरमाथा आरोहणका लागि डोरी टाग्ने क्रममा शेर्पाको मृत्यु भएकाे थियाे । 

पर्यटन विभागले भने एक आरोही आफ्नै देशमा गएपछि मृत्यु भएको र अर्को आरोहीले चीनबाट आरोहण गर्दा ज्यान गुमाएका कारण नेपालतर्फबाट आरोहणका क्रममा मृत्यु भएको भन्न नसकिने जनाएको छ । नेपालमा आधिकारिक रुपमा १७ आरोहीको मात्र मृत्यु भएको विभागको भनाइ छ । 

अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन भएकाले आरोहीहरुको भीड बढेको छ । भीड बढेसँगै सगरमाथा शिखरमा ट्राफिक जामका कारण आरोहीको मृत्यु हुने क्रम बढेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *