मदन भण्डारीका कारण हामी सरकारमा छौँः अध्यक्ष दाहाल

 

जेठ, ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मदन भण्डारी विचारक, राजनीतिक रणनीतिकार भएको बताएका छन् । 

मदन–आश्रित दिवस तथा पार्टी एकता भएको एक वर्ष पूरा भएको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘माक्र्सवादको कुनै भविष्य छैन । स्रामाज्यवाद मात्रै एक सत्य हो भन्ने लहर चलिरहेका बेला नेता मदन भण्डारी विचारक, राजनीतिक रणनीतिकारका रुपमा स्थापित हुनुभयो । कम्युनिष्ट आन्दोलन कमजोर भएका बेला नयाँ सिद्धान्त अपनाएर त्यसलाई इन्काउन्टर गर्न, चुनौती दिएर नयाँ कुरा आँट गर्नुभयो ।’ 

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले मदन भण्डारीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अब उनले जस्तै नयाँ परिस्थितिअनुसार अगाडि बढ्ने आँट गर्नुपर्ने धारणा राखे । 

‘नेपालमा आँधीहुरी ल्याएर छोटै समयमा भए पनि नयाँ शिक्षा र प्रेरणा दिएर उहाँ जानुभयो । अब हामी पनि मदन भण्डारीले जे जे भने त्यही दोहोर्याइरहने कि उहाँले देखाउनुभएको विकासको बाटो हेरेर नयाँ तकिारले ठोस वस्तुको ठोस विश्लेषण गरेर अगाडि बढ्ने ?’, उनले प्रश्न गरे । 

उनले परिस्थितिको मागलाई आँट गरेरै अगाडी बढेका कारण नेकपा एमाले र नेकपा माओवादी एक भएको स्मरण गराए । ‘मदन भण्डारीका शिक्षालाई हामी पछ्याउँदै छौँ। त्यही मान्यतालाई समात्दै नयाँ कुरामा जाँदैछौँ। अहिले हामी दुई तिहाइ लोकप्रिय मतसहित सरकामा छौं।’, उनले भने । 

अध्यक्ष दाहालले कम्युनिष्टलाई हेप्ने काम भइरहेका बेला आफूहरुले त्यसलाई पराजित गर्न सफल भएको पनि दाबी गरे । 

‘हामीलाई धेरै नै हेप्ने र अपहेलित गर्ने काम भयो। केही गर्न सक्दैनौँ भनेर लाञ्छना गर्ने हजारौँ पटक कोशिस भयो तर विज्ञानद्वारा त्यसलाई पराजित गर्न सफल भएका छौँ,’ उनले भने। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =