राष्ट्रपतिविरुद्ध खनिदै देउवाले भने, ‘यिनी बढ्ता हुन थालेकी छिन्’

 

बैशाख २५, काठमाडौं । आफ्नै पार्टीबाट बारम्बार आलोचित बन्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमाथि खनिएका छन् । 

राष्ट्रपतिको सम्बोधनमा उल्लेख भएको ‘मेरो सरकार’ र मंगलबार संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति रुष्ट बनेका सभापति देउवाले जागरण अभियानको शुभारम्भमा प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमाथि खनिदै व्यग्र आलोचना गरे । 

null

आलोचनाका क्रममा उनले निकै ठाडो भाषा प्रयोग गरे । आक्रोशित शैलीमा प्रस्तुत भएका सभापति देउवाले भने, ‘हिजो संसदमा देखिहाल्नु भयो । प्रधानमन्त्रीले गैर संसदीय भाषा बोल्यो । हामीले विरोध गर्यौ र सभामुखलाई उक्त सम्बोधन डिलिट गर्न भन्यौँ । तर काँतर सभामुखले गर्नै सकेन ।’ 

प्रधानमन्त्री र सभामुखविरुद्ध खनिएका देउवा एकैछिन पछि राष्ट्रपतितर्फ मोडिए र आलोचना गर्न सुरु गरे । 

सरकारको तर्फबाट गत शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको ‘मेरो सरकार’ सम्बोधनको विरोध गर्दै उनले भने, ‘राष्ट्रपतिले अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले पनि मेरो सरकार भनेको थिएन । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ? विस्तारै बेलायती महारानी भन्दा बढ्ता हुन थालेकी छिन् ।’ 

सभापति देउवाले सरकारको अधिनायकवाद विरुद्ध लड्न तयार रहेको पनि बताए । 

‘अब कम्युनिस्टबाट मुक्तिका लागि आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ । २००७ साल, पञ्चायत र राजाविरुद्ध लडेझैँ सत्तारुढ सरकारविरुद्ध लड्न तयार छौँ । जागरण यसैका लागि हो’, उनले भने ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *