ट्यांकरको ठक्करबाट सुनिताको मृत्यु, मोटरसाईकल चालक घाइते

 

जेठ ३, काठमाडौं । सुन्धारास्थित काठमाडौं मलको नजिक एक ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

शुक्रबार ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६ट नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडी सवार काँडाघारी निवासी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको हो भने मोटरसाईकल चालक रामशरण केसी घाइते भएका हुन् । 

null

घाइते केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *