यौनसम्बन्ध राख्न नमान्दा कुटपिट

 

जेठ १, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चवनमा यौनसम्बन्ध राख्न नमान्दा २७ वर्षीया एक दलित महिला निर्घात रूपमा कुटिएकी छन् । 

दुई छोरीसहित माइतमा बस्दै आएकी उनलाई सोही ठाउँका २८ वर्षीय प्रदीप राउतले यौन सम्बन्ध राख्न नमान्दा चोरीको आरोप लगाई कुटपिट गरेका हुन् । 

null

राउतले फोनबाट बारम्बार यौन सम्बन्ध राख्न आग्रह गरेको र नमान्दा बारीको खुर्सानी र मकै चोरीको आरोपमा कुटपिट गरेको पीडित महिलाको आरोप छ । 

प्रदीपले कोल्ड ड्रिंक खुवाउँछु, नागरिकता बनाइदिन्छु भन्दै प्रलोभनमा पार्ने गरेको नमाने जे पनि हुन सक्छ भन्दै धम्की दिँदै आएको पनि उनले सुनाइन् । 

कुटपिट गर्ने व्यक्तिलाई पक्रेर कानुनबमोजिम कारबाहीको माग गर्दै प्रहरीकहाँ निवेदन दिएको र प्रहरीले उल्टो तिमी गरिब छौ, मुद्दा लड्न सक्दैनाै, मेलमिलाप गर्नुपर्छ भन्दै फर्काएको उनको गुनासो छ । 

आरोपी प्रदीपले भने आफूमाथि लागेको आरोप सत्य नभएको दाबी गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनैतिक सम्बन्ध राख्न दबाब दिएको कुरा नखुलाएकाले दुवै पक्षलाई छलफलको लागि बोलाएको तर महिला पक्ष उपस्थित नभएको दाबी गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *