विद्यार्थीलाई स्कुल झोला तथा लुगा बितरण 

 

जेठ २, धरान ।  धरान १४ स्थित दन्तकाली माबिका २५ जना  विद्यार्थीहरुलाई विद्यालय सामग्री बितरण गरिएको छ । विद्यालयमा अध्ययनका लागी नयाँ भर्ना भएका अल्पसंख्यक सिमान्तकृत जस्ता विद्यार्थीहरुलाई अध्ययन सुविधा होस भन्ने उद्देश्यले सो सामग्री बितरण गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम कोईरालाले जानकारी दिए । 

दन्तकाली माबिमा कक्षा १ देखि ५ सम्मका २५ जना बिद्यार्थीलाइ झोला र कपडा (सर्ट) वितरण गरिएकाे हाे । वितरण गरिएकाे साम्रगीहरुमा विद्यालय ब्याग धरान वडा नं १४ को सहयोगमा बितरण गरिएको थियो भने कपडा धरान १४ कै वडा सदस्य सोभा पुलामी तथा वडाकै कर्मचारी उत्तम आलेको सहयोगमा प्रदान गरिएको थियो । 

null

वितरण गरिएकाे सम्पूर्ण सामग्री १० हजार मुल्य बराबरको रहेको छ । धरान वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराईको प्रमुख आतिथ्यमा एक कार्यक्रमका विच बालबालिकाहरुलाइ पाठ्य पुस्तक बोक्ने झोला तथा कपडा (सर्ट) वितरण गरिएको विद्यालयका शिक्षक श्री प्रसाद कोईरालाले जानकारी दिए । 

विगतमा विद्यालयले बिभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ । सो कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडा, बिशिष्ट अतिथि वडा नं १४ का वडा अध्यक्ष कृष्ण भट्टराई, वडा सदस्य शोभा पुलामीको  रहेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *