अस्थायी शिक्षकको पुनः परीक्षा नहुने

वैशाख २५, काठमाडौं । अस्थायी शिक्षकको पुनः परीक्षा नहुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । 

 

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले भने ‘स्थायी हुनका लागि लिइएको मौका परीक्षामा असफल भएका वा परीक्षामा सहभागि नभएकाहरुले भने अनुसार पुनः परीक्षा गर्न सकिँदैन । उहाँहरुलाई सम्मानजनक बिदाइ गर्नें हो ।’ 

null

सरकारले धैरे लामो समयदेखि अध्यापनरत शिक्षलकलाई छुट्टै पाठ्यक्रम बनाएर गतवर्ष भदौमा आन्तरिक प्रतिस्पर्धा गराएको थियो । परीक्षामा उतीर्ण भएका अस्थायी शिक्षकहरु स्थायी भएका छन् । तर असफल हुने र परीक्षामा सहभागी नभएका अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै पुन आन्दोलन सुरु गरेका हुन् । 

अब अस्थायी शिक्षकको यसरी नै माग सम्बोधन गर्दै गयौँ भने शिक्षामा गुणस्तरीयता भन्ने हुँदैन । कार्यरत शिक्षकलाई बिदाईको हात हल्लाउन सके केही रूपमा भए पनि शिक्षामा आमूल परिवर्तन आउन सक्ने भएकाले पटकपटक अस्थायी शिक्षकको माग किमार्थ हुने कुरा मन्त्री पोखरेलले बताए । 

अस्थायी शिक्षकको परीक्षामा फेल भएका एक शिक्षकले हाम्रो रोजीरोटीको बाटो खोसिनु हँदैन । पुनः मौका परीक्षा दिनुपर्छ भने । तर, कार्यकार्यमा बोल्दै रेखा कुमारी शर्माले सरकारले अस्थायी शिक्षकको मागप्रति गम्भीर नभएको बताइन् । 

कार्यक्रमा बोल्दै शिक्षा सचिव खगराज बरालले पनि आन्दोलनरत शिक्षकलाई सम्मानजनक बिदाई गर्नुपर्ने उल्लेख गरे । बैठकमा बोल्दै अर्का एक सदस्यले सरकारले छिट्टै शिक्षको दरबन्दी मिलान गर्नुपर्ने कुरा सुझाए । आन्तरिक परीक्षामा सहभागी भएर फेल भएका करिब १३ हजार शिक्षकले विभिन्न आन्दोलन गरिहेका छन् । अस्थायी शिक्षकको परीक्षा २०७५ सालकोे भदौमा काठमाडौंमा भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *