यो सिजनको सगरमाथा आरोहणको बाटो खुल्यो, एकै दिन ८ जना चुचुरोमा पुगे

 

बैशाख ३१, काठमाडौं । यो सिजनको सगरमाथा आरोहणका लागि बाटो खुलेको छ । 

८ शेर्पाहरुले मंगलबार चुचुरो सम्मकै बाटो बनाएपछि यो सिजनको सगरमाथा आरोहण खुला गरिएको हो । 

null

बाटो बनाउँदै उनीहरु पौने २ बजे चुचुरोमा पुगेका हुन् । दोलखाका शिद्धिबहादुर तामाङको नेतृत्वमा सोलुखुम्बुका दार्जी ग्याल्जेन शेर्पा, पासाङ दावा शेर्पा, संखुवासभाका पासदावा शेर्पा, दावा नुर्व शेर्पा, मिङ दोर्जे शेर्पा, आङफुर्वा शेर्पा र साङ्बु भोटे लामा सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ । 

आरोहण सुरु हुनु अघि डोरीसहित गएका शेर्पाले बाटो बनाउने गर्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *