अप्टिकल फाइबर बिछ्याउने काम सुरू

 

जेठ ६, काठमाडौं । सरकारले आजदेखि मध्यपहाडी लोकमार्गमा अप्टिक फाइबर बिछ्याउने कामको थालनी गर्दैछ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पार्न महत्वपूर्ण मानिएको उक्त आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) शिलान्यास गरेका छन् । 

सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँमा सोमबार एकैपटक फाइबर बिछ्याइँदै छ। मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोड्नका लागि यो योजना अघि बढाइएको हो । 

null

पाचँथरको चियो भञ्ज्याङदेखि गोर्खा–धादिङको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागिएको हो । यही योजनाअनुसार सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि अप्टिकल फाइबर बिछ्याउन सुरुआत गरिँदैछ । 

मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर र तथा मार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा काम गर्नुपर्ने हुन्छ । 

टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछन् । 

सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको छ। 

सोही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोड रुपियाँमा जिम्मा दिएको छ। गण्डकी प्रदेश र प्रदेश ५ मा यूटीएल तथा कर्णाली र सुदूर पश्चिमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *