सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा नालामा

बैशाख २०, काठमाण्डौं । सनराइज  बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ आफ्नो २९ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शुरू गरेको छ । 

 

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले एक समारोहका बीच गरे । सो अवसरमा बनेपा महानगरपालिकाका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यका साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । 

null

शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भक्तपुर शाखाका प्रवन्धक भिम नारायण श्रेष्ठले हस्तान्तरण गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 

यो सँगसँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २९ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *