प्रहरीद्वारा भारतीय लुटेरा समुहमाथि गोली प्रहार, ८ जना पक्राउ

जनकपुधाम, ९ जेठ । डाकाहरुको समुहलाई पक्राउ गर्न जनकपुरमा प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जना घाईते भएका छन् भने ७ जना पक्राउ परेका छन् ।जनकपुरमा डकैती गर्न आएको भारतीय आपराधिक समुहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतीय डाकाहरुको समुहलाई पक्राउ गरेको हो । 

 

धनुषाबाट ७ जनालाई पक्राउ गरिएको हो भने एक जनालाई महोत्तरीको मटिहानी इलाकाबाट राति नै पक्राउ गरीएको प्रहरीले जनाएको छ । प्रहरीको टोलीमाथि डकैती गर्न आएको समूहले गोली चलाए पछि धनुषामा प्रहरीले डाकालाई पक्राउ गर्न जवाफी कारवाही गरेको थियो । 

null

जनकपुर उपमहानगरपालिका ८ विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ भारत विहार समस्तीपुरबाट नेपाल आएको ८ जना भारतीय लुटेरा समूहलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भन्ने गोली लागेका एक जनालाई जनकपुर अञ्चल अस्पतालमा उपचार गर्न राति नै लागिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले लुटेरा समूहबाट केहि राउण्ड गोली, सिक्सर पेस्तोल र एक थान कटुवा पेस्तोल समेत बरामद गरेको प्रहरीले बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *