कबड्डी–३ को घोषणाः बाहिरिए निश्चल र सौगात

 

बैशाख ३१, काठमाडौं । कबड्डीको तेस्रो सिरिज ‘कबड्डी–३’ निर्माण हुने भएको छ । सोमबार साँझ काठमाडौंमा एक समारोहबीच फिल्म ‘कबड्डी–३’को निर्माण घोषणा गरियो । अब यो फिल्मलाई सिनेमा आर्टसँगै बाँसुरी फिल्मस्, माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माण गर्नेछन् । 

यो फिल्मबाट कबड्डी तथा कबड्डी कबड्डीका निर्माता नायक निश्चल बस्नेत बाहिरिएका छन् । यसअघि यी दुवै सिरिजमा निश्चल बस्नेत नायकका रूपमा थिए । कबड्डीका दुवै शृंखला निश्चल बस्नेतको ब्ल्याक हर्स कम्पनीले यसका निर्देशक रामबाबु गुरुङको सिनेमा आर्ट कम्पनीसँग मिलेर बनाएको थियो । 

null

अहिले निश्चल बस्नेत नयाँ फिल्म ‘घामट शेरे’को छायांकनमा व्यस्त छन् । कबड्डी–३ मा कबड्डी सिरिजका दुई नायक निश्चल बस्नेत, सौगात मल्ल र नायिका प्रियंका कार्की समेटिएका छैनन् । प्रियंका विवाहको तयारीमा छिन भने सौगात मल्ल नयाँ फिल्म ‘पोई पर्यो काले’ को छाँयाकन तयारीमा छन् । 

कबड्डी–३ मा कर्मा शाक्य, उपासनासिंह ठकुरी र विल्सनविक्रम राई थपिएका छन् । कबड्डी शृंखलामा यसअघि काम गरेका दयाहाङ राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की र राजन खतिवडा कबड्डी–३ मा छन् । 

कबड्डी–३ फिल्ममा लुनिभा तुलाधर, मणि के राई, राजेन्द्र थापा र डीबी गुरुङ कलाकारका रूपमा थपिएका छन् । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । फिल्मलाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको हुन् । मणिराम पोखेरेल, अर्जुन कार्की, ओमचन्द रौनियार, रुदेन साडा लेप्चाले निर्माण गर्ने यो फिल्मको छायाँकारमा शैलेन्द्र डी कार्की छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *