प्रदेश १ को राजधानीविरुद्ध धनकुटावासीले आन्दोलन गर्ने

 

बैशाख २४, काठमाडौं । प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर तोकिएसँगै धनकुटावासीले आन्दोलन गर्ने भएका छन् । 

राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मंगलबार १२ बजेदेखि १ बजेसम्म चक्काजा र बेलुका ७ बजेदेखि साढे ७ बजेसम्म ब्ल्याक आउट गर्ने घोषणा गरिएको छ  । त्यस्तै वैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने धनकुटावासीले जनाएका छन् । 

null

सोमबार सम्पूर्ण संरचनाहरु सहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर नै हुने सहमति भएको थियो । 

विराटनगरमा आन्दोलनरत् पक्ष र प्रदेश सरकारबीच हिजो विराटनगर रोड शेष चोक स्थित बिग होटलमा भएको वार्तामा कार्यपालिका, व्यवस्थापिका लगायतका सम्पूर्ण संरचनाहरुसहित प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर राख्ने सहमति भएको हो । 

सोमबार दिउँसो आन्दोलनरत् पक्ष र मुख्यमन्त्री बीच सम्पूर्ण संरचनाहरु सहित प्रदेश नं। १ को स्थायी राजधानी विराटनगर नै हुने भएपछि सडक संघर्षमा उत्रिएका स्थानियवासी तथा विभिन्न दलका नेताहरुले आन्दोलन फिर्ता लिइरहँदा यता धरानवासीले भने राजधानी नपाएको झोकमा टायर बालेर आन्दोलन गरेका थिए । 

१ नं प्रदेशको राजधानी सुनसरीको धरान सिफारिस भएका सहरहरु मध्येबाट पर्न नसकेपछि धरानका नगरवासी आन्दोलित भएका हुन् । 

सोमबार नेकपा धरानका नेता चात्लुङसहित सडकमा उत्रिएका दुई विद्यार्थी आन्दोलन गर्ने क्रममा घाइते समेत भएका थिए । उनीहरुको अहिले उपचार भइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *