रंगशालाको बार भत्काउने प्रकाश कँडेल नेकपाबाट निलम्बित, क्षतिपूर्ती भराउन पार्टीकाे माग

 

जेठ १६, चितवन । चितवनको रामपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालामा लगाइएको अस्थायी बार भत्काउने कार्यमा संलग्न मुख्य आरोपित नेकपाका नेता प्रकाश कँडेल पार्टीबाट निलम्बित भएका छन् । 

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारवाही गरिएको हो । 

null

कँडेलसहित भैरह वास्ताकोटीलाई कारवाही गरिएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । नेकपा चितवनले दोषीउपर कारर्वाही गरी क्षतिपूर्ती उनीहरुबाट नै भराउन माग पनि गरेको छ । 

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बार भत्काएपछि असुरक्षित महसुस गरेर निर्माणको काम रोकिएको बताउका थिए । 

रंगशालाको सुरक्षाको लागि लगाइएको बार मंगलबार केहि व्यक्तीहरुले डोजर लगाएर भत्काएका थिए । उक्त घटना पश्चात् धुर्मुस् सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको, कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तीको सुरक्षा नभएको भन्दै रंगशाला निर्माणको काम तत्कालको लागि स्थगित गरेको हो । 

काम गर्ने वातावरण नभएसम्म रंगशालाको काम स्थगित रहने सितारामले जनाएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छ । 

भरतपुर १५ रामपुरमा करिव ३ अर्ब रुपैयाँको लागतमा २० विगाहा ६ कठ्ठा क्षेत्रफलमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण भईरहेको छ । 

हेर्नुहाेस् विज्ञप्तिः 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *