चितवनलाई सुरक्षित राख्छु–नयाँ एसपी मल्ल

 

जेठ १६, चितवन । चितवनमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जिल्लाको शान्ति सुरक्षालाई चुस्त पार्ने जनाएका छन । 

जिल्लाको कमाण्ड सम्हालेका दोस्रो दिन बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा एसपी मल्लले चितवनलाइ सुरक्षित राख्ने प्रतिबद्धता जनाएका हुन् । 

null

‘चितवनमा सुरक्षाको दृष्टिले चुनौती छ । चुनौतीका बिच जिल्लामा कुनै आपराधिक काम हुन दिन्नँ’, एसपी मल्लले भने । 

चितवनलाई अन्तराष्ट्रिय स्तरको शहर बनाउन यहाँ शान्ति सुरक्षा अमनचहन हुन जरुरी रहेको औल्याउँदै एसपी मल्लले शान्ति अमनचयनमा राजनितिक दबाबमा नपर्ने बताए । उनले केहि दिनमा विशेष रणनीति सार्वजनिक गर्दै थप कडा शान्ति सुरक्षा कायम गर्ने बताए । 

उनले अहिले मुलुकमा गुन्डा नै नभएको दावी गर्दै राजनितिक अडामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष अप्रेशन लागु गर्ने बताए । 

आफूले यस अघि पनि चितवनमा रहेर काम गरिसकेको भएकोले चितवनका जनताले अहिले पनि आफूलाई सहयोग पाउने उनले विश्वास व्यक्त गरे । 

एसपी मल्लले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा डोजर लगाएर भत्काउनेलाई कुनै पनि हालतमा कारबाही गरेरै छोड्ने बताउँदै दलको प्रभावमा नपर्ने दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *