घुस दिन ल्याइएको रकम सहित नियन्त्रणमा

 

जेठ १६, झापा । झापामा घुस दिन ल्याइएको रकमसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । 

झापाको दमक नगरपालिका १६ घर भइ हाल काठमाडौं महानगरपालिका १० बस्ने व्यवसायी अभिशेक कार्कीलाई चन्द्रागिरी नगरपालिका–६ स्थित महानगरीय प्रहरी वृत्त थानकोटको कार्यालय प्रमुखको कार्यकक्षबाटै नियन्त्रणमा लिइएको हो । 

null

व्यवसायी कार्कीले लागूऔषध मुद्दा दर्ता भइ अनुसन्धान प्रकृयामा रहेका प्रतिवादीहरू मध्ये धर्मेन्द्र लिम्बुलाई तारेखमा राखी थप अनुसन्धान नगर्न भनि कर्मचारीलाई प्रलोभन देखाई घुस रिसवत दिन खोजेको भन्दै भनी महानगरीय प्रहरी वृत्त थानकोटले अख्तियारलाई पत्रमार्फत् सूचना पठाएको थियो । 

सोही सूचनाका आधारमा अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अनुसन्धान गर्दा अभिसेक कार्कीले उक्त मुद्दाका अनुसन्धान अधिकृतलाई १० हजार रकम घुस दिन खोजेको पुष्टि भएको अख्तियार प्रवक्ता प्रदिप कोइरालाले बताए । 

थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *