महिलाले गरिन नवजात शिशुको हत्या

२०७६ जेठ १६ गते

सल्यानं, १६ जेठ । नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । दार्मा गाउँपालिका वडा न ३ बेरुखेतकी २५ वर्षिया आशा विकलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बेरुखेतको जंगलमा नवजात शिशुको शव फेला परेको थियो । जंगलमा शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शिशुको शव पोष्टमार्टमका लागि सल्यान अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय फारुलाचौरले जनाएको छ ।
null
आरोपित विकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय थारमारेमा लगिएको प्रहरीले जनाएको छ ।

२०७६ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित