टिप्परको ठक्करबाट मोटरसाइकलको पछाडी बसेकी पुष्पाको मृत्यु

२०७६ वैशाख १९ गते

फाइल तस्विर
बैशाख १९, काठमाडौं । बुटवलमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
null
बुटवलस्थित पूर्व—पश्चिम राजमार्गको जितगढी सडक खण्डमा टिपरले लु४५प ७२३४ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१२ तामागर बस्ने १९ वर्षीय पुष्पा भण्डारीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक उनका बुवा घनश्याम भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई वटा टिप्परलाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान भइरहेको छ ।

२०७६ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित