भन्सार अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 

जेठ १६, भैरहवा । भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत मानप्रसाद बिकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार अधिकृत विक, भौतिक मालबस्तुको परीक्षणमा खटिएका जाँचकी खरिदार अतुलकुमार शर्मा, नासु शिशिर बिक्रम शाह, नासु रामचन्द्र भट्ट, माँ मनकामना इन्टरनेशनल, पडसरी–१ रुपन्देहीका प्रोप्राइटर राजनप्रसाद तिमल्सिना र भन्सार एजेण्ट नं.४७५ का प्रोप्राइटर जगतराज दहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

null

६ जनाविरुद्ध प्रतिव्यक्ति ५३ लाख ९४ हजार ३ सय १६ रुपैयाँ बिगो मागदाबी गरिएको छ। 

उनीहरुले एउटै प्रज्ञापनपत्र तथा एउटै राजश्व बुझाएको बैंक रसिदको प्रयोग गरी दुई अलग अलग दर्ता नम्बरहरु (ना६ख ५६३५ र ना४ख ४१२६) भएका मालवाहक ट्रकहरु भैरहवा भन्सार कार्यालयबाट ०७४ साउन २६ गते जाँचपास गरिएको मालवाहक ट्रक सोही दिन राति ना४ख ४१२६ नम्बरको मालवाहक ट्रक भैरहवा भन्सार कार्यालयबाट पठाएको अख्तियारले जनाएको छ । 

अख्तियारका अनुसार उनीहरुले मालसामान धनी भन्सार एजेण्ट तथा भन्सारका कर्मचारिको मिलेमतोमा ना६ख ५६३५ नम्बरको ट्रकमा ल्याइएको मालबस्तुको नियमानुसार भन्सार जाँचपास गराउने प्रयोजनका लागि प्रयोग भएका प्रज्ञापनपत्रहरूको भन्सार महसुल तिरी मिति ०७४ साउन २५ गते जाँचकी खरिदार अतुलकुमार शर्मा र भन्सार अधिकृत मानप्रसाद बिकले उक्त नम्बरको ट्रक भन्सार कार्यालय बाहिर पठाएका थिए । 

‘खरिदार शर्मा र भन्सार अधिकृत बिकले प्रज्ञापनपत्रमा दस्तखत तथा जाँचपास गरी २६ गते भैरहवा भन्सार कार्यालयबाट उक्त ट्रक क्लियरिङ गरेको प्रज्ञापनपत्रहरुमध्ये प्रज्ञापनपत्र नं. ५६७८७ को बैंक नगदी रसिद नम्बर ००५०६४८ बाट ३ लाख ६२ हजार ४४ रुपैयाँ र प्रज्ञापनपत्र नम्बर ५६७९७ को बैंक नगदी रसिद नम्बर ००५०६५० बाट ४ लाख ३७ हजार ७६ रुपैयाँ प्रयोग गरी ना४ख ४१२६ नम्बरको गाडीमा भएको मालबस्तुहरु ०७४ साउन २६ गते भन्सार कार्यालयबाट बाहिरि पठाएको देखिएको छ’, अख्तियारको आरोप पत्रमा उल्लेख छ । 

यसैगरी मालवाहक गाडीको सम्पूर्ण कागजातहरु प्रज्ञापनपत्र, बैंक नगदी रसिद, भ्हष्त लयतभ र गाडी हेरी गेटबाट छोडिदिने कार्यमा नासु शिशिर विक्रम शाह र नासु रामचन्त्र भट्ट संलग्न रहेको अख्तियारले पुष्टि गरेको छ । 

त्यस्तै मालसामान धनी माँ मनकामना इन्टरनेशनल, पडसरी ९१ रुपन्देहीका प्रोप्राइटर राजनप्रसाद तिमल्सिना र भन्सार एजेण्ट नम्बर ४७५ का प्रोप्राइटर जगतराज दाहाल समेतको सो कार्यमा मिलेमतो देखिएको अख्तियारको अनुसन्धानमा खुलेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *