आज मंगलबार भुलेर पनि यी काम नगर्नुहाेस, अनिष्ट हुन सक्ला !

 

आज मंगलबार, हिन्दु बैदिक ज्योतिषशास्त्र अनुसार ग्रहका आधारमा बार र तिथिहरुलाई विभाजन गरिएको हुन्छ । 

शास्त्रका अनुसार मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । 

null

मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ । मंगलबारलाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न ३ काम गर्नै नहुने अर्थात बर्जित गरिएको छ । 

माछा, मासु सेवन नगर्नेः मंगलबारको दिन तपाईले माछा नखाएकै राम्रो हुन्छ । आजको दिन माछा सेवन गर्दा आर्थिक नोक्सा हुन सक्छ भने मंगलबार मासु खाँदा पनि कुटुम्बको क्षय हुन्छ । 

पशु पन्छीको बलि नदिनेः मंगलबारको दिन पशु बलि दिने कार्यलाई अत्यन्तै खराब मान्ने गरिन्छ । यस दिन काटमार नगरेकै उचित हुन्छ । यदि काटमार गरेको यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ । त्यस्तै मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मान्ने गरिन्छ । 

मदिरा सेवन नगर्नेः तपाईले मंगलबारको दिन मदिरा सेवन गर्दै आइरहनुभएको छ भने त्यो पनि त्याग्नुपर्छ । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ जसले अपराध समेत बढाउँछ । मंगलबार झगडा गर्दा बेइज्जत हुने विश्वास गरिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *