जम्बो टोलीसहित प्रधानमन्त्री ओली आज भियतनाम र कम्बोडिया जाँदै

 

बैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम र कम्बोडिया भ्रमणमा जाँदैछन् । 

भियतनामका प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा प्रधानमन्त्री ओली आज दिउँसो ३ बजे नेपाल वायुसेवा निगमको जहाज चार्टड गरेर त्यहाँको औपचारिक भ्रमणमा जान लागेका हुन् । 

null

उनी आजबाट ३० गतेसम्म भियतनाम र ३० देखि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमणमा रहनेछन् । 

प्रम ओलीको भियतनाम भ्रमणमा नेपाल–भियतनाम भ्रमणमा हवाइ सम्झौता हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । 

‘आर्थिक पावर हाउस’ का रुपमा उदाएको भियतनामसँग सिधा हवाई सम्पर्क जोडिएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार फराकिलो बन्ने उनको भनाइ छ । 

भियतनामको ५ दिने भ्रमणमा रहँदा प्रधानमन्त्री त्यहाँ आयोजित बुद्ध सम्मेलनमा सहभागी हुनेछन् । परराष्ट्रमन्त्री ज्ञवालीले यसले त्यहाँका बुद्धधर्मावालम्बी नेपाल आउन सहज वातावरण बनाउने र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए । 

प्रधानमन्त्री ओलीले भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम छ । 

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सहभागी हुनेछन्। 

सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, निजी चिकित्सक डा।दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल, निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत, परराष्ट्रका सहसचिव तापस अधिकारी, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल लगायत पनि भ्रमण टोलीमा छन्। 

दुई देशको भ्रमण सकेर प्रधानमन्त्री ओली १ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *