मुसहरलाई नयाँ कानुन र जिविकोपार्जन बारे प्रशिक्षण

वैशाख २१, काठमाडौं । खैरहनी नगरपालिका कठारका माझी मुसहरहरुलाई नेपालको नयाँ कानुन र जिविकोपार्जन सम्वन्धी प्रशिक्षण दिईएको छ । खैरहनी १० वडा कार्यालयको आर्थिक सहयोगमा सोही वडाका माझी मुसहरहरुलाई प्रशिक्षण दिईएको हो । 

प्रशिक्षणको प्रमुख अतिथी समेत रहेका खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले वर्षौदेखी मुसहरहरुको जीवनमा परिवर्तन आउन नसकेको उल्लेख गर्दै उनीहरुको आर्थिक, सामाजिक विकासका लागि नगरपालिकाले घर निर्माण गरेर सिलाई कटाई तालिम र वंगुर पालनमा प्रेरित गर्न लागेको बताए । 

 

null

‘मैले देखे यता मुसहरहरुको जीवन एकै किसिमले चलिरहेको छ’ मेयर चौधरीले भने–‘उनीहरु पनि नगरका वासिन्दा भएकाले परिवर्तनका लागि नगरपालिकाले दृृष्टिकोण अघि सारेर काम गरिरहेको छ ।’ आफ्नो परिवर्तनका लागि उनीहरु स्वयम जागरुक हुने पर्ने मेयर चौधरीले बताए । ति मुसहरहरुका लागि नेपाल सरकार र खैरहनी नगरपालिकाले व्यवस्थीत वास निर्माण गर्दैछ । 

प्रशिक्षण उपभोक्ता समितिका अध्यक्ष सुन्दर मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता नुनराज सिलवालले नेपालको नयाँ कानुन र नगरपालिकाका प्रशासकीय अधिकृत प्रकासचन्द्र पौडेलले जिविकोपार्जन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *