बराह बचतमा अब आइएमइ सेवा पनि

बैशाख १९, धरान । धरान स्थित बराह बचत तथा ऋण सहकारी संस्था लि.ले आइएमइ सेवा सुरु गरेको छ । १७ गते मंगलबारबाट बराह सहकारीले आफ्ना सदस्यहरुलाई आइएमइ रेमिट्यान्स सेवा दिन थालेको हो । 

 

यस अघि नै बराहले प्रभु मनि ट्रान्स, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटि एक्सप्रेस र इ सेवा समेत सुरु गरेको थियो । बराह साकोसका अध्यक्ष मानबहादुर विश्वकर्माले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स सस्तो छिटो र भरपर्दो तवरले आफ्ना सदस्यहरुमा पुर्याउन आइएमइ सेवा सञ्चालन गरेको बताए । 

null

२०६६ सालमा स्थापना भएको बराह बचत तथा ऋण सहकारीले समुदायमा छरिएर रहेका स–साना पुँजीलाई एकत्रित गर्दै उनीहरुको आर्थिक अवस्था सुधार्न लगानी गर्दै आइरहेको छ । बराह बचतले लघु उद्योग, कृषि, साना ब्यापार ब्यवसाय गरेर आत्मनिर्भर हुने सदस्यहरुलाई ऋण प्रवाह गर्दै आइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *