चर्को ब्याज असुल्ने पक्राउ

बैशाख ६, काठमाडाैं ।  सुनको गहना घितो राखी चर्को व्याज असुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउन पर्नेमा तुलसीपुर उपमहानगरपालिका –६ का ६० वर्षीय तुलसीराम गुप्ता रहेका छन् । 

 

गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले १५ प्रतिशत व्याज दिने शर्तमा आफ्नो सुनको गहना गुप्ताकोमा रु. ४० हजारमा धितो राखेकी थिईन्  । वैशाख १ गते रेग्मीले शर्त अनुसार  १५ प्रतिशत व्याज जोडी सावाँ सहित बुझाउँन जादा गुप्ताले १५ प्रतिशतले हुँदैन ४८ प्रतिशत ब्याज दिए मात्र म सुन दिन्छु भनि सुन दिएनन् । 

null

गुप्ताले कुनै पनि हालतमा सुन नदिने बताएपछि रेग्मीले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिईन् । रेग्मीले उजुरी गरेपछी जिल्ला प्रहरी कार्यालयले गुप्तालाई पक्राउ गरेकाे हाे ।   पक्राउ गरेसँगै प्रहरीले गुप्ताको घरमा खानतलासी गर्दा फलामको घर्रामा अन्य विभिन्न मानिसका २०६ पोका सुनका गरगहना समेत बरामद गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोद विक्रम शाहका अनुसार गुप्ताले लामो समय देखी चर्को ब्याजमा त्याहाँका स्थानियबासीहरुको गरगहना घितोमा राखी चर्को ब्याज असुल्दै आईरहेका थिए । 

उनले भने “मान्छेको विवरण र सुन राखेको भेटाएका छौँ”, “अवैध रुपमा सुनको कारोवार गरेको हुँदा र बरामद गरिएका अन्य सुन लगायतका सबुद प्रमाणको आधारमा गुप्ता विरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ विपरीतको कसूरमा मुद्दा चलाइएको छ ।” 

बरामद भएको पोका अहिले खोल्न नमिल्ने, त्यसमा के–कति सुन छन् थाहा नभएको र अदालतको आदेशपछि ति पोका खोल्न मिल्ने बताएका छन् । हाल गुप्तालार्ई जिल्ला अदालतले थप पाँच दिन म्याद दिएको हुँदा अनुसन्धान भईरहेको प्रहरीले बताएका छन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *