बिआरआईलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन्, ‘सहयोग र सम्पन्नताको महत्वूर्ण खुड्किलो’

वैशाख १३, काठमाडौं । चीन भ्रमणमा रेहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो विकासोन्मुख राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण खुडकिलो रहेको बताएकी छन् । 

 

भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै लगानी, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने संकल्प समेत बताइन् । 

null

बेइजिङमा आयोजित दोस्रो बेल्ट एन्ड वान रोड अन्तर्राष्ट्रिय फोरम बिआरआलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘चीन नेपाल सिमानापार रेल्वे वा कनेक्टिभिटी नेटवर्कको बहुआयामिक विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई विस्तारित गर्दछ ।’ 

चिनियाँ राष्ट्रपतिको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसियटिभमार्फत सम्पूर्ण मानव जातिको साझा भविष्य निर्माण गर्ने दूरदृष्टिले विशाल सम्भावना बोकेको बताइन् । ‘यो सहकार्य, सहयोग, सामान्जस्यता र सम्पन्नताको एक महत्वूर्ण क्षण अवसरका साथै ठूलो उपलब्धि भएको बताइन् । विकासको लहरबाट कुनै पनि देश विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बिआरआई एक माध्यम बन्न सक्दछ ।’ 

लामो राजनीतिक संक्रमणपश्चात् नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेको स्मरण गर्दै उनले अबको उद्देश्य जनताको जीवनस्तरमा देखिनेगरी परिवर्तन ल्याउनु रहेको जानकारी दिइन् । विकास तथा पूर्वाधारका चुनौतीहररू सामना गर्न नेपालले छिमेकी र मित्र राष्ट्रसँग सहकार्य तथा सहयोग बढाउन चाहेको उनले बताइन् । 

राष्ट्रपति भण्डारीले विश्व शान्तिमाझ दिगो आर्थिक वृद्धि र समृद्धि हासिल गर्न, न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी नियममा आधारित विश्व व्यवस्था निर्माण गर्न र वेल्ट एन्ड रोड फोरम सक्षम हुने विश्वाससमेत व्यक्त गरिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =