बारा–पर्सा पुगेर राहत बाँडे धुर्मुसले

 

चैत १८, काठमाडौँ । हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ ले हावाहुरी प्रभावित जिल्ला बारा र पर्सा पुगेर राहत वितरण गरेका छन् । 

उनले बारा–पर्सा पुगेर ४ सय परिवारका लागि चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् । 

null

सोमबार दिउँसो क्विन्टल चामल, ४ सय थान त्रिपाल र ४ सय कार्टुन चाउचाउ फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलाई हस्तान्तरण गरिएको धुर्मुसले जानकारी दिए । 

हावाहुरी प्रभावितलाई आवश्यक राहातमा विभिन्न व्यक्ति तथा संस्था खटिरहेको जानकारी गराउँदै उनले प्रदेश सरकार प्रभावित समक्ष जिम्मेवार ढंगले प्रस्तुत भएकाले आफूलाई खुशी लागेको बताए । 

साथै उनले घरबार गुमाएर खुला आकाशमा रात काट्न बाध्यहरुका लागि गाँस, बाससहित छिटो भन्दा छिटो पुर्नबासको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *