लागु औषधसहित दुई जना पक्राउ

 

चैत २१, काठमाडौं । प्रहरीले अवैध रुपमा लागुऔषधको बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

अवैध लागूऔषध सञ्चय गरी बिक्री वितरणका लागि ओसार पसार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२ लाजिम्पाट स्थित खुर्सानिटारबाट दुई जनालाई पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने निर्मल थापा र दिपक थापा मगर रहेका छन् । 

प्रहरीले निर्मलको साथबाट लागूऔषध जस्तो देखिने डायजापाम ५ थान, फेनेरग्यान ५ थान, र नोफिन ५ थान बरामद गरेको छ भने दिपकको साथबाट डायजापाम ४ थान, फेनेरग्यान ४ थान र नोफिन ४ थान बरामद गरेको छ । 

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारवाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *