शिशुलाई बारीमा फालेर अविवाहित आमाले गरिन् आत्महत्या

 

चैत २०, काठमाडौँ । स्याङ्जामा शिशु जन्माएसँगै एक अविवाहित आमाले आत्महत्या गरेकी छिन् । 

स्याङ्जाको भीरकोट नगरपालिका–७ का बेगबहादुर अधिकारीकी २२ वर्षीय छोरी स्नेहा अधिकारीले शिशु जन्माएसँगै आत्महत्या गरेकी हुन् । 

null

स्नेहाले अवैध सम्बन्धबाट जन्माएको शिशु छिमेकी बेगबहादुर अधिकारीको बारीमा फालेर आफूले आत्महत्या गरेकी हुन् । छिमेकीले बारीमा शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीका अनुसार आफ्नै गोठमा स्नेहाले सलको पासो लगाइ छट्पटाइरहेको अवस्थामा स्थानीयले देखेपछि हँसियाले सल काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । 

शिशुको थप पहिचानको लागि डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रहरीले जनाएको छ । 

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि स्नेहाले बच्चा जन्माएको पोष्टमार्टमा देखिएको जनाएको छ । शिशु जिवितै वा मृत जन्माएको भन्ने विषय भने खुलिसकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *