सर्लाहीको लालबन्दीमा बस दुर्घटना: ३ को मृत्यु, ३१ जना घाइते

सर्लाही, १ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बस पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको हो ।
दुर्घटनामा ज्यान गुमाएका व्यक्ति सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका ३१ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।
null
सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।








