सौराहाका १० होटल तथा रेष्टुरेन्टको स्तरीकरण


बैशाख ६, चितवन । चितवनको पर्यटकिय क्षेत्र सौराहाका थप १० वटा होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गरिएको छ ।
खाद्य निरिक्षण तथा गुण नियन्त्रण कार्यालय भरतपुरको टोलीेले शुक्रबार सौराहाका होटल तथा रेष्टरेन्टहरुको निरिक्षण गरि स्तरीकरण गरेको हो ।
null
निरीक्षण गरिएका १६ वटा होटल तथा रेष्टुरेन्टहरु मध्ये ५ वटालाई ‘घ’ वर्गको सामान्य होटलको रुपमा स्तरीकरण गर्दै पहेलो स्टिकर तथा ५ वटालाई ‘ग’ वर्गको सन्तोषजनक रहेको भन्दै एक तारे हरियो स्टिकर टाँस गरिएको खाद्य निरिक्षण तथा गुण नियन्त्रण कार्यालय भरतपुरका प्रमुख बिक्की राउतले जानकारी दिए ।
अन्य ६ वटा होटल तथा रेष्टरेन्टहरुले न्यूनतम मापदण्ड पूरा नगरेकाले सुधार गर्नुपर्ने भन्दै कुनैपनि स्टीकर प्रदान नगरिएको राउतले बताए ।
निरिक्षण गर्न खाद्य निरिक्षण तथा गुण नियन्त्रण कार्यालयको टोली, होटल एसोसियन सौराहाका अध्यक्ष सुमन घिमिरे, रेष्टुरेन्ट एण्ड बार एशोसयसन सौराहाका अध्यक्ष गोकर्ण गिरी लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यसअघि पहिलो चरणमा सौराहाका ९ वटा होटल तथा रेस्टुरेन्टहरुको स्तरीकरण गरिएको थियो । खाद्य स्वच्छता कायम गर्न होटलमा भान्साको सरसफाई, कर्मचारीको सरसफाई, खाद्यान्नको अवस्था लगायत विषयलाई आधार मानेर होटल र रेष्टुरेन्टहरुको स्तरीकरण गरिँदै आएको छ ।
