कर निर्धारणविरुद्ध सर्वोच्च पुग्यो एनसेल

 

बैशाख ९, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कर तिर्ने म्याद सकिनै लाग्दा कर निर्धारण प्रक्रिया विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । 

कर निर्धारण कानुनसम्मत नभएको दाबी गर्दै एनसेलका तर्फबाट रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

null

ठूला करदाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ लाभकर निर्धारण गरेको थियो । एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। 

टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेको थियो। एनसेलले त्यसको कर तिर्नुनपर्ने दाबी गरिरहँदा सवोच्चले एनसेल र एक्जियटाले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *