सिमेन्ट उद्योगलाई बाटो बनाउन बन फाँड्न दिने सरकारको निर्णय

 

चैत २१, काठमाडौं । सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सो विषयबारे जानकारी दिएका हुन् । 

null

मन्त्री बाँस्कोटाले सवारी साधनहरूको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपर्युक्त बमोजिमको सडक उपभोग दस्तुर सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको पनि जानकारी दिए । 

यस्तै सरकारले सिमेण्ट कारखानालाई वन क्षेत्र प्रयोग गर्न पनि स्वीकृति दिएको छ । 

मन्त्रिपरिषद्को बैठकले यूनाइटेड सिमेन्टस् प्रा.लि.को नौबिसेस्थित सिमेण्टकोे कारखानास्थलसम्म जाने आउने औद्योगिक पहुँचमार्ग सडकमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–९ मा रहेको पोखरीडाँडा सामुदायिक वनको कूलजम्मा ०.१७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो । 

बारामा उद्धार र राहात कार्य जारी छ 

मन्त्री बास्कोटाले बारा र पर्साका आँधीहुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी नरहेको दाबी गरेका छन्। 

मन्त्री बास्कोटाले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको खाने, बस्ने, औषधिउपचार गर्नेलगायतका व्यवस्था गरिएको पनि बताए। 

पत्रकार सम्मेलनमा उनले हुरीपीडितको उद्धार तथा राहतमा कमी हुन नदिन संघीय सरकारले प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सामाजिक संघसंस्थाहरुलाई परिचालन गरिरहेको पनि जानकारी गराए । 

मन्त्री बास्कोटाले हुरी पीडितको धनमालको क्षतिको एकीन विवरण आएपछि पुनःस्थापना र पुनर्वासका आवश्यक व्यवस्था सरकारले मिलाउने पनि स्पष्ट पारे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *