धरानमा यात्रुबाहक बस दुर्घटनाः २ जनाको मृत्यु २५ घाइते

 

चैत २५, धरान । धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

धनकुटाबाट धरानतर्फ आउँदै गरेको ना६ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ स्थित जिरो प्वाईटमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

null

बसमा सवार अन्य २५ जना घाईते भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । 

 

दुर्घटनाको कारणबारे अहिले केही खुलेको छैन । दुर्घटनामा मृत्यु भएका र अन्य घाईतेहरुको विस्तृत विवरण आउन बाँकी छ । 

दुर्घटनाग्रस्त उक्त बसमा कति यात्रु थिए भन्ने यकिन विवरण पनि आइसकेको छैन । दुर्घटनामा घाइते भएकाहरुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *