धरानको विष्णु मेमोरियलमा अब मन्टेश्वरी कक्षा

चैत्र १७, धरान । धरानस्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले मण्टेश्वरी कक्षा पनि सञ्चालनमा ल्याएको छ । तीन दशक अघि स्थापना भएको विद्यालयले ४ करोड बढि लगानी गरेर मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको हो । 

विद्यालयले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै मण्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपलका बेनिन्द्र कटवालले धरानमा मन्टेश्वरी शिक्षा दिन गुणस्तरीय मन्टेश्वरी नभएकोले विद्यालयले यस वर्षदेखि सुरु गरेको बताए । 

 

null

‘साना बालकालिकाहरुलाई मनोवैज्ञानिक तवरले अध्ययनमा मन बसाउन मण्टेश्वरी कक्षा सुरु गर्दैछौं । प्रयोगात्मक र खेलकुदबाट बालबालिकाको शारिरीक र मानसिक विकासमा हाम्रो मन्टेश्वरीले टेवा दिनेमा विस्वस्त छौं ।’ विद्यालयका प्राचार्य वेनिन्द्र कटवालले भने । 

सुरुवाती अवस्थामा मन्टेश्वरीमा ३० जना मात्र बालबालिका लिइनेछ । विद्यालय हाताभित्र मण्टेश्वरीका लागि आवश्यक सम्पूर्ण आधारभूत पूर्वाधार तयार पारिएको छ । भने, मण्टेश्वरी कक्षाकै लागि काठमाडौंबाट मन्टेश्वरी शिक्षामा सिनियर डिप्लोमा गरिसकेका शिक्षकहरु ल्याइएको विद्यालयको दावि छ । 

विद्यालयले मन्टेश्वरी तहमा बालबालिकालाई पढ्ने, खेल्ने, खाना, खाजा खुवाउने र सुत्ने छुट्टा छुट्टै कोठाको व्यवस्था गरेको छ । विद्यालयले मण्टेश्वरीको खाना, खाजासहितको भर्ना शुल्क २० हजार र मासिक शुल्क २५ सय निर्धारण गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *