पोखराका दुई ठाउँमा शंकास्पद बस्तु भेटिए
२०७६ वैशाख ५ गते

पोखरा, ५ वैशाख । पोखराका दुई ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको पाइएको हो । उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ ।
नेपाली सेनाको बम डिस्पोजल शंकास्पद बस्तु हटाउन खटिएको छ । लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै शंकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ ।
null
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही समूहले राखेको हुन सक्ने आशंका छ । यद्यपी, बन्दको प्रभाव पोखरामा सामान्य छ । ठूला गाडीहरु नचले पनि निजी साधनहरु चलिरहेका छन् । पसलहरु भने अन्य दिनभन्दा कम खुलेका छन् ।
२०७६ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित








