स्विजरल्यान्डको हिउँमा बर्षा र संजोगको मस्ती

बैशाख १४, काठमाडौं । गत वर्षको फागुनमा बैवाहिक बन्धनमा बाँधिएका नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी संजोग कोइराला र वर्षा राउतले हनिमुनको नयाँ तस्विर सार्वजनिक गरेका छन् ।
केही दिन अघि हनिमुन यात्रामा निस्किएका बर्षा र संजोग पेरिसको आइफेल टावरपछि स्विजरल्यान्डमा हिउँमा रमाइरहेका तस्बिर सार्वजनिक गरेका हुन् ।
null
बैबाहिक जीवनमा बाँधिएको करीब डेढ महिनापछि उनीहरु हनिमुन ट्रिपमा निस्किएका हुन् । किनकि, विवाह लगत्तै अभिनेत्री वर्षा फिल्म ’जात्रै जात्रा’ को छायांकनमा व्यस्त हुनु परेको थियो । जात्रैजात्राको फिल्मको छायांकन पूरा भएलगत्तै श्रीमान् संजोगसँग उनी हनिमुनका लागि पेरिस उडेकी हुन् । विवाह पूर्व उनीहरु ७ वर्ष अफेयरमा थिए ।
उनीहरु यसै साता नेपाल फर्किंदैछन् । बर्षा अभिनित दालभात तरकारी यही शुक्रबार र जात्रै जात्रा फिल्म जेठ ३ गते प्रदर्शन हुँदैछ ।








